२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सशस्त्र प्रहरी बललाई सुदृढ नेतृत्वका साथ संगठनको मनोबल बढाउँदै परिणाममूखी कार्य गर्छु : नवनियुक्त महानिरीक्षक पौडेल

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नवनियुक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सो क्रममा नवनियुक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बललाई सुदृढ नेतृत्वका साथ संगठनको मनोबल बढाउँदै परिणाममूखी कार्य गर्ने प्रतिवद्धता जनाए । संगठनलाई थप उचाईमा पुराउनका लागि समेत आफुले काम गर्ने उनले बताए । उनले सरकारको सय बुँदे शासकीय सुधारको कार्ययोजना अनुसार सशस्त्र प्रहरी बलले गर्नुपर्ने कार्यहरुलाई पुरा गर्न योजना तयार गर्दै अघि बढ्ने बताए ।

संगठनको आधुनिकीकरण र समयसापेक्ष मार्गनिर्देशनका लागी सकारात्मक एवं रचनात्मक सहयोग हुने उनको विश्वास छ । पौडेलले बिभिन्न सुरक्षा चुनौतीहरूको सामना गर्न सूचना प्रविधिमा आधारित वैज्ञानिक, द्रुत परिचालनलाई ध्यान दिइने उल्लेख गरे ।

त्यस्तै गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाललाई प्रभावकारी रुपमा अघि बढाउन थप क्रियाशील हुने विश्वास व्यक्त गरे । संगठनभित्र पेशागत दक्षतालाई बृद्धि गर्ने, मर्यादालाई उच्च बनाउने, सुरुवा बढुवाको प्रक्रियालाई व्यवस्थीत पारदर्शी बनाउने कार्यमा सफलता मिल्ने उनको भनाइ छ ।

वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले वैशाख १८ गतेदेखि अवकास पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ