logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • राज कुन्द्राले सिंगापुरमा स्थापित गरेका थिए पोर्न फिल्मको ‘सेटअप’

    राज कुन्द्राले सिंगापुरमा स्थापित गरेका थिए पोर्न फिल्मको ‘सेटअप’

    3.3K
    Shares

    काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोनोग्राफी प्रकरणमा पक्राउ परेका छन् । उनलाई १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिइएको छ ।

    राजमाथि पोर्न फिल्म बनाएको र प्रशारण गरेको आरोप लागेको छ । उनीसँग जोडिएका विभिन्न तथ्य अहिले सार्वजनिक भइरहेको छ ।

    राज कुन्द्राका सहयोगी अरविन्द कुमार श्रीवास्तवले करिब छ महिना पहिला पोर्न फिल्मको कारोबार सिंगापुरमा सारेको भारतीय सञ्चारमाध्यम अमर उजालाले उल्लेख गरेको छ ।

    सिंगापुरमा फिल्मको सुटिंग र वितरकको काम सुरु भइसकेको थियो । उनको यो काममा लण्डनमा रहेका भारतीय नागरिक ‘रो’य र कुन्द्राको सहयोगी उमेश कामतले सहयोग गरिरहेका थिए । ‘रोय’ भारतीय मोडल, इण्डष्ट्रीमा संघर्षरत र बोल्ड सिन दिने अभिनेत्रीका लागि न्युड सिन दिनका लागि आग्रह गर्दथे । यसो गरेवापत नयाँ अभिनेत्रीले प्रतिदिन पाँच हजार भारतीय रुपैयाँ र चर्चित बोल्ड अभिनत्रीले २० देखि ४० हजार रुपैयाँ हिसाब बुझ्दथे ।

    उनीहरुले बोल्ड अभिनेत्री जोया रोठौरलाई पनि प्रतिदिन ४० हजार रुपैयाँको अफर दिएका थिए तर उनले यो प्रस्ताव अस्वीकार गरेकी थिइन् । उनले यसबारे केही दिन पहिला एक अन्तर्वार्तामा भनेकी थिइन् ।

    अरबिन्द नियो फ्लिक्स कम्पनीको ब्यानरमा अंग्रेजीमा ‘शर्ट न्यूड फिल्म’ बनाउने योजनामा काम गरिरहेका थिए । यसका लागि उनी नयाँ अभिनेत्रीको खोजी गरिरहेका थिए । उनीहरुले जोयाका लागि हदैसम्म प्रयास गरेका थिए । उनीहरुले जोयालाई सिंगापुर पनि बोलाएका थिए ।

    विविध एप

    कुन्द्राको एक एप यस्तो पनि छ जुन २४ घण्टा लाइभमा रहन्छ । यसमा केटिहरु कामुक भावमा लाइभ च्याट गर्छन् । हटसट जस्तै हटहिट एप पनि उनीहरुले सञ्चालन गरेका थिए । यी दुवै एपमा प्रतिबन्ध लगाइसकेको छ । प्रतिबन्द पछि पनि २ नयाँ एप बनाइएको खुलासा भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend