२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एफएनसीसीआई निर्वाचनः नयाँ नेतृत्वका लागि आज मतदान, दुई समूहबीच कडा प्रतिस्पर्धा

मंगलवार , बैशाख २२, २०८३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि मतदान हुन लागेको हो ।

निर्वाचनमा अञ्जन श्रेष्ठ समर्थित समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहबीच प्रतिस्पर्धा देखिएको छ । दुवै पक्षले उपाध्यक्ष तथा कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेदवार मैदानमा उतारेका छन् ।

महासंघका कुल ७३ पदका लागि १३७ व्यवसायी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मतदान बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म प्रज्ञा भवनमा हुनेछ र त्यसपछि मतगणना सुरु गरिनेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको नेतृत्व चयनसँगै आगामी आर्थिक नीति र व्यवसायिक वातावरणमा यसको प्रभाव महत्वपूर्ण रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ