२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एफएनसीसीआई निर्वाचनः प्रज्ञा प्रतिष्ठानमा मतदान जारी, अध्यक्ष ढकालले गरे मतदान

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौंको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान उत्साहजनक रूपमा जारी रहेको छ ।

यसै क्रममा महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले निजी क्षेत्रको सशक्त प्रतिनिधित्वका लागि यो निर्वाचन महत्वपूर्ण भएको बताए ।

अध्यक्ष ढकालले नयाँ कार्यसमितिले देशको वर्तमान आर्थिक चुनौती समाधान गर्न तथा व्यवसायीहरूको मनोबल उच्च बनाउन सरकारसँग प्रभावकारी समन्वय गर्ने विश्वास व्यक्त गरे ।

निर्वाचन प्रक्रियाअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि विभिन्न प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।

निर्वाचन साँझ ४ बजेसम्म चल्नेछ र मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ