२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३, उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।

बलिङमा ओमानका लागि नदिम खानले सर्वाधिक ३ विकेट लिए । सकिल अहमदले २ विकेट लिए, भने जितेन रामानान्डी, हसनैनन शाह र आर्यन विष्टले समान १–१ विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ