२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एफएनसीसीआई निर्वाचन: एसोसियटतर्फ सचिन ढकाल सर्वाधिक मतसहित विजयी

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत भएको निर्वाचनमा एसोसिएट तर्फको मतपरिणाम सार्वजनिक भएको छ । १७ सदस्य पदका लागि भएको कडा प्रतिस्पर्धामा सचिन ढकाल सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन् ।

एसोसियट सदस्यका लागि भएको कडा प्रतिस्पर्धामा सचिन ढकालले १३१८ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरे। कूल १७ जना विजयी हुने यस विधामा ढकालले ल्याएको यो मत अन्य उम्मेदवारहरूको तुलनामा उल्लेख्य बढी हो । उनीपछिका निकटतम प्रतिस्पर्धी हेमन्त गोल्छाले १२०२ मत प्राप्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (नेपाल उद्योग वाणिज्य महासङ्घ) को एसोसिएट तर्फ १७ सदस्य पदमा विजयी हुने उम्मेदवारहरूको अन्तिम नामावली (प्राप्त मतसहित) यस प्रकार छ:

निर्वाचित  हुने पद संख्या: १७ (सत्र)

१. सचिन ढकाल (आई.एम.ई. ग्रुप प्रा.लि.) – १३१८

२. हेमन्त गोल्छा (हुलास रेमिटेन्स प्रा.लि.) – १२०२

३. अम्बिका प्रसाद पौडेल (स्काई टच ईन्भेष्टमेन्ट एण्ड कन्सल्टेन्ट प्रा.लि.) – ११८३

४. उज्ज्वल कुमार श्रेष्ठ (पञ्चकन्या कंक्रिट प्रिमिक्स प्रा.लि.) – ११५६

५. शक्ति कुमार वेगानी (गणपती ज्वेलर्स नेपाल प्रा.लि.) – ११४२

६. ऋषि अग्रवाल (यती पोलिकेम प्रा.लि.) – ११२२

७. सुशिल थापा (साहस उर्जा लि.) – १०९४

८. राजेश कुमार अग्रवाल (अर्घाखाँची सिमेन्ट लिमिटेड) – १०८२

९. सुयस प्याकुरेल (एम एम पोलिमर्स प्रा.लि.) – १०६९

१०. रामशरण भण्डारी (हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लि.) – १०४३

११. बाबु काजी कार्की (बुढानिलकण्ठ हेरिटेज लि.) – १००६

१२. दिवश न्यौपाने (सर्वोत्तम सिमेन्ट लि.) – ९९१

१३. कृष्ण लाल महर्जन (क्लासिक डायमण्ड ज्वेलर्स प्रा.लि.) – ९७४

१४. प्रियराज रेग्मी (क्रिष्टल कन्चनजंघा सेक्युरिटिज प्रा.लि.) – ९५४

१५. इश्वर बहादुर जि.सी. (एच.डि. ईण्डष्ट्रिज प्रा.लि.) – ९४९

१६. सुरज उप्रेती (एस. आर. फुड्स प्रा.लि.) – ९०७

१७. बटु लामिछाने (अर्विट ईनर्जी प्रा.लि.) – ८६०

ढकालको यो जितले महासंघभित्र एसोसियट सदस्यहरू (कर्पोरेट हाउस र ठूला उद्योगीहरू) माझ उनको बलियो पकड र लोकप्रियतालाई पुष्टि गरेको छ । निर्वाचन अघि नै ढकाल प्यानलका अन्य उम्मेदवारहरूलाई पनि जिताउन सक्रिय देखिएका थिए ।

एसोसियट सदस्यतर्फ ढकालले शानदार जित दर्ता गरेसँगै अब सबैको ध्यान एसोसियट उपाध्यक्षको नतिजातर्फ मोडिएको छ । जसमा प्रबलजंग पाण्डे र ज्योत्स्ना श्रेष्ठ चुनावी मैदानमा छन् ।

यसअघि नै जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ तथा वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भइसकेका छन् । सचिन ढकालको यो प्रभावशाली जितले महासंघको आगामी कार्यसमितिमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ