२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल रन फाइव के च्यालेन्ज बैंशाख २६ गते आयोजना हुने

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाल रन फाइव के च्यालेन्ज यहि बैंशाख २६ गते आयोजना हुने भएको छ ।

एथलेटिक्स परिवार, नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चाँगुनारायण नगरपालिकाको सहयोगमा बैंशाख २६ गते भक्तपुरको चाँगुनारायणमा नेपाल रन फाइव के च्यालेन्ज गर्न लागिएको जनाएको हो ।

खुला महिला, पुरुष, ४५ बर्ष माथि पुरुष भेट्रान तर्फ ५ किलोमिटर, १८ बर्ष भन्दा मुनीका युवा, महिला, पुरुष र ३५ बर्ष माथिका भेट्रान महिला तर्फ ३ किलोमिटर दौडमा प्रतिष्पर्धा हुने प्रतियोगितामा करिव २५० भन्दा बढि खेलाडीहरुको भाग लिने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

दौड प्रतियोगिताको कुल बजेट ७ लाख ६६ हजार रुपैयाँ रहेको छ । दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भइ बिभिन्न स्थानहुँदै पुनः नगरपालिका भवनमा पुगेर समापन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ