logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पूर्व एडल्ट स्टार मिया खालिफाले गरिन् सम्बन्धविच्छेद

    पूर्व एडल्ट स्टार मिया खालिफाले गरिन् सम्बन्धविच्छेद

    3.9K
    Shares

    काठमाडाैं । पूर्व एडल्ट स्टार मिया खालिफाले सम्बन्धविच्छेद गरेकी छिन् ।

    खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् । मियाले लेखेकी छिन्, ‘पूरै यकिनसाथ यो भन्न सक्छु कि हामीले वैवाहिक सम्बन्धलाई बचाउन निकै कोसिस गर्‍याैँ । करिब एक वर्षको थेरापी र कोसिसपछि थाहा भयो कि हाम्रो एक–अर्काप्रतिको भावना सकिएको छ ।’

    पूर्व एडल्ट स्टार खलिफाले दुई वर्ष पहिले रोबर्ट सेन्डबर्गसँग विवाह गरेकी थिइन् । उनले आफ्नो विवाहको जानकारी सामाजिक सञ्जालमार्फत नै दिएकी थिइन् ।

    खालिफाले सन् २०१४ मा पोर्न उद्योगमा पाइला राखेकी थिइन् । यसपछि उनी परिवारबाटै टाढा भएकी थिइन् । सन् २०१६ मा उनले पोर्न उद्योग छाडेकी थिइन् । उनले सन् २०१९ मा रोबर्टसँग विवाह गरेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend