logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपति बाइडनको घोषणा : काेराेना खाेप लगाउनेलाई १०० डलर दिइने 

    अमेरिकी राष्ट्रपति बाइडनको घोषणा : काेराेना खाेप लगाउनेलाई १०० डलर दिइने 

    2.2K
    Shares

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिइने बताएका छन् । उनले उक्त रकम दिनका लागि राज्यहरुलाई आह्वानसमेत गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएपछि बिहीवार ह्वाइट हाउसबाट बाइडनले उक्त आह्वान गरेकाे बीबीसीले जनाएकाे छ । 

    उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने समाचारमा जनाइएकाे छ ।

    बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपी काेराेनाकाे खाेप नलगाएका कर्मचारी पनि जागिरबाट भने निष्काशित नहुने बताइएकाे छ । 

    अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend