२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, कारोबार रकम २ अर्ब ९३ करोडमा सीमित

बिहिवार , बैशाख २४, २०८३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ९४ अङ्कले बढेर दुई हजार ७१८ दशमलव १६ को बिन्दुमा कायम भएको हो ।

आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार सात कित्ता शेयर ४५ हजार ६५ पटक खरिद बिक्री हुँदा रू दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ शून्य दशमलव ३३, विकास बैंक शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २०, जीवन बिमा शून्य दशमलव ३०, लघुवित्त शून्य दशमलव ३५, व्यापार एक दशमलव ५७ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

वित्त समूह शून्य दशमलव ०८, लगानी शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०८, म्युचुअल फन्ड शून्य दशमलव १६ र निर्जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू १७ करोड ६८ लाख ३३ हजार ३६९ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख २६ हजार ६८२ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ