logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • दुर्गेश थापाको गीत विवादमा, ‘ख्यास्स पुतली’ शब्दमा प्रतिष्ठानको आपत्ति

    दुर्गेश थापाको गीत विवादमा, ‘ख्यास्स पुतली’ शब्दमा प्रतिष्ठानको आपत्ति

    4.9K
    Shares

    काठमाडौं । गायक दुर्गेश थापाको नयाँ तीज गीत ‘ख्यास्स पुतली’ रिलिज भएकाे एक सातामा विवादमा परेकाे छ । गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ आपत्तिजनक रहेकोले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाएकाे हाे  । 

    प्रतिष्ठानले एक विज्ञप्ति निकालेर प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ आपत्तिजनक रहेको भन्दै शब्दहरु फेरबदल गर्न ध्यानाकर्षण गराएको हाे । 

    गायक थापाले अघिल्लो गीत ‘बीच्च बीच्चमा’को चौथो सिरिजको रुपमा यो गीत बजारमा ल्याएका थिए । याे गीतमा संगीत, शब्द र आवाजमा थापाकाे नै रहेकाे छ ।

    lok dohori.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend