logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • शिल्पा शेट्टी अदालतमा, २५ करोड क्षतिपूर्ति माग

    शिल्पा शेट्टी अदालतमा, २५ करोड क्षतिपूर्ति माग

    3.5K
    Shares

    काठमाडाैं । बलिउड अभिनेत्री शिल्पा शेट्टी मानहानीको मुद्दा लिएर बम्बे उच्च अदालत पुगेकी छिन् । पती राज कुन्द्राको मुद्दालाई लिएर मिडियादेखि सामाजिक सञ्जालमा आएका भ्रामक तथा गलत समाचारले परिवारको प्रतिष्ठामा आँच पुगेको भन्दै उनी अदालत पुगेकी हुन् ।
     
    अदालतमा दिएको निवेदनमा उनले केही मिडियाहरुले उनीहरुसँग माफी मागेर ती सबै मानहानी कन्टेन्ट डिलिट गर्नुपर्ने माग राखेकी छिन् । यसका साथै उनले ती मिडियाहरुले २५ करोड क्षतिपूर्ति व्यहोर्नु पर्ने माग गरेकाे पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
     
    केही भारतीय मिडियाहरुले विनाप्रमाण राजको केसमा आफ्नो नाम जोडेका कारण उनका प्रशंसक, फलोअर्स, ब्राण्ड इन्डोर्समेन्ट कम्पनी, व्यावसायिक संघहरुकाे दृष्टिकाेण फेरिएकाे उनले दाबी गरेकी छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend