२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आइसल्याण्डमा ‘जाली भान्जा’को प्रिमियर: विदेशी भूमिमा नेपाली गाउँघरको न्यास्रो मेट्दै दर्शक (भिडियो लिंक सहित)

आइतवार , बैशाख २७, २०८३

आइसल्याण्ड । विदेशी भूमिमा बसेर पनि नेपाली गाउँघरको मिठास, सम्बन्धको आत्मीयता र मनोरञ्जनको स्वाद दिलाउने छोटो चलचित्र जाली भान्जा आइसल्याण्डमा विशेष प्रिमियरसहित सार्वजनिक गरिएको छ ।

प्रसुन फिल्म्स को प्रस्तुति रहेको उक्त चलचित्र युट्युबमार्फत सार्वजनिक गर्नुअघि आइसल्याण्डको राजधानी रेक्याभिक मा नेपाली समुदायबीच विशेष प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपाली दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने चलचित्र प्रदर्शनपछि निर्माण टिमसँग अन्तरक्रिया समेत गरिएको थियो ।

feature image

प्रिमियरमा सहभागी दर्शकहरूले चलचित्रको कथा, अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए । विशेषगरी चलचित्रमा समेटिएको नेपालको टिपिकल गाउँघरको परिवेश, मामाभान्जाको सम्बन्ध र नेपाली समाजको मौलिकपनले आफूहरूलाई आफ्नै गाउँघर पुगेको अनुभूति गराएको दर्शकहरूको प्रतिक्रिया थियो ।

चलचित्रका निर्देशक प्रकाश तिवारी पिके ले “जाली भान्जा” मनोरञ्जनसँगै समाजको वास्तविक चरित्र देखाउने प्रयास भएको बताए। उनका अनुसार चलचित्रले चलाख भान्जा र सोझो मामाको कथामार्फत विश्वास, छलकपट, सम्बन्ध र मानवीय व्यवहारलाई हल्का व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ ।

feature image

चलचित्रमा निर्देशक तिवारीसँगै सबिन बास्तोला, सुनिल बास्तोला, रुद्रप्रसाद बास्तोला लगायतको अभिनय रहेको छ। कलाकारहरूको स्वाभाविक अभिनय र गाउँले परिवेशको प्रस्तुतिले चलचित्रलाई थप जीवन्त बनाएको दर्शकहरूको भनाइ थियो ।

प्रिमियरका क्रममा निर्माताद्वय प्रमोद अधिकारी र सुलोचना दुवाडीले नेपाली मौलिक कथावस्तुमा आधारित चलचित्र निर्माणलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विदेशी भूमिमा बसेका नेपालीहरूलाई आफ्नै माटो, संस्कृति र सम्बन्धको अनुभूति गराउन सफल “जाली भान्जा” ले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ