logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अब्दुस मियाँ भन्छन्-‘भगवानलाई मान्छेले चुनौती दिन्छन्, ‘रवीन्द्र मिश्रको के कुरा ?’ (भिडियोसहित) 

    अब्दुस मियाँ भन्छन्-‘भगवानलाई मान्छेले चुनौती दिन्छन्, ‘रवीन्द्र मिश्रको के कुरा ?’ (भिडियोसहित) 

    7.2K
    Shares

    काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको एउटा निजी विचारले यत्तिबेला नेपालको राजनीति तरंगित भएको छ। सानो पार्टीको अध्यक्षले सार्वजनिक गरेको निजी विचार आम बहसको विषय बनेको छ। 

    मिश्रको सार्वजनिक गरेको दस्तावेजमाथि पक्ष र विपक्षमा तर्क जारी छन्। एउटा पक्षले मिश्रले ७० वर्षको उपलब्धिमाथि धावा बोलेको भन्दै उनको चर्को आलोचना गरेको छ। अर्को एउटा ठूलो समूहले भने मिश्रको विचारको समर्थन गरेको छ। 

    साझा पार्टीभित्र समेत मिश्रको दस्तावेजको आलोचना भइराखेका बेला सचिवालय सदस्य एवम् युवा संगठन संयोजक अब्दुस मियाँ यो विचार स्वभाविक भएको बताउँछन्। 

    हरेक सिस्टमलाई चुनौती दिनु लोकतन्त्रको सुन्दरता भएको उनको भनाइ छ। यो विषयमा पार्टीको सचिवालय र केन्द्रीय कमिटीमा छलफल गरेर अगाडि बढ्ने बताउँछन्। ‘संसारको हरेक सिस्टमलाई च्यालेन्ज गर्नुपर्छ’, मियाँ भन्छन्, ‘च्यालेन्ज गर्न पाइन्छ र कसैले च्यालेन्ज गर्छ भने त्यसलाई पश्चगामी भनेर कित्ताकाँट गर्नु हुँदैन।’ 

    मिश्रको जनताको कुरा सुन्न जनमत संग्रहमा जाऔँ भन्ने विचार पश्चगामी नभएको उनको तर्क छ। मियाँसँगको अन्तवार्ताको पूरा भिडियो हेर्नुहोस् 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend