२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेप्से परिसूचकमा ३८.१९ अङ्कको वृद्धि, चार अर्ब ६१ करोडकाे कारोबार

सोमवार , बैशाख २८, २०८३

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ ।

यो एक दशमलव ३९ प्रतिशतको वृद्धि हो ।  ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक छ दशमलव शून्य आठ अङ्कले उकालो लागेर ४७३ दशमलव ४१ मा पुगेको छ । कारोबार भएकामध्ये कूल २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको ओरालो लागेको छ ।

यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।  कूल एक करोड चार लाख ३९ हजार ४३२ कित्ता शेयर चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार छ सय ३५ रुपैयाँमा कारोबार भयो ।

उच्च कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर कम्पनी, एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी र साहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ ।  यस्तै, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, डोलटी पावर कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

त्रिशूली जलविद्युत् कम्पनी, एनएमबी–५०, लक्ष्मी बैंकको ऋणपत्र, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो र प्राइम बैंकको ऋणपत्रका लगानीकर्ताले भने गुमाएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ