२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विश्वकप लिग–२: स्कटल्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत  स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । यस शृङ्खलामा नेपाल र स्कटल्याण्डसँगै अमेरिका सहभागी छ्न ।

लिग २ मा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जसमा स्कटल्याण्ड ३४ अङ्कका साथ अङ्कतालिकाको  दोस्रो स्थानमा छ । यता नेपाल भने १८ अङ्कका साथ सातौँ स्थानमा छ । 

नेपाल र स्कटल्याण्डबीच हालसम्म १० एकदिवसीय  खेलमा आमनेसामने भएका छन् । नेपाल पाँच खेलमा विजयी हुँदा स्कटल्याण्ड चार खेलमा विजयी भएको छ । पछिल्ला पाँच भेटमा तीन खेलमा नेपाल तथा एक खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेल वर्षाका कारण रद्द भएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ