काठमाडौं । स्ववियु आरआर क्याम्पसले टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यार्थी एकता दिवसको अवसर पारेर आयोजना हुन लागेको यस प्रतियोगिताले विभिन्न कलेज, क्याम्पस तथा विश्वविद्यालयका विद्यार्थीलाई एउटै चौतारीमा जोड्ने विश्वास लिएको छ ।
खेलमार्फत विद्यार्थीबीच एकता, भाइचारा र सहकार्यको सन्देश फैलाउने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगितालाई भव्य र सफल बनाउन सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस