मुगु । मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेलरनको उपाधि जुम्लाका दलबहादुर कुवंर र सुनमाया बुढाले हात पारेका छन् ।
पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका ७ जुम्लाका दल बहादुर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका २ की सुनमाया बुढाले रारा ट्रेलरनको उपाधि चुमेका हुन् ।
रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले ६ बर्षदेखि मुगुको रारामा रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । यो बर्ष पनि नेपाली सेना हनुमानध्वज गुल्मको आयोजनामा बुधबार भएको रारा ट्रेल रनको छैठौँ सस्करण १६ किलिोमिटरमा महिला तर्फ ४९ र पुरुष ३ सय १२ जना र एक जना विदेशी नागरिकसहित गरेर ३ सय ६१ जनाले सहभागिता जनाएका थिए ।

तिन सय सय ११ जना धावकलाई पछि पार्दै जुम्ला तातोपानी गाउँपालिका ७ का दल बहादुर कुवंर रारा ट्रेलरनको पहिले बनेका हुन् । उनले १६ किलोमिटरको दुरी एक घण्टा १५ सेकेन्डमा पार गरे ।
जुम्ला कनकासुन्दरी गाउँपालिका ३ का युवक राज बुढा १ घण्टा १ मिनेट ९ सेकेण्ड दोस्रो र मुगुको छायाँनाथ रारा नगरपालिका –१४ बाम गाउँका अक्कल बढुवालले १ घण्टा ३ मिनेट ५५ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।
महिला तर्फका ४९ जना धाविकालाई पछि पार्दै जुम्ला पातारासी गाउँपालिका २ कि सुन माया बुढा प्रथम भइन् । उनले १६ किलोमीटर दुरि निर्धारित १ घण्टा १३ मिनेट ५० सेकेन्डमा पार गरि प्रथम भइन् ।

जुम्ला पातारासी गाउँपालिका– २ कि राम मामया बुढाले १ घण्टा १५ मिनेट १ सेकेण्ड द्वितीय र डोल्पा जिल्ला त्रिभुवन आर्मी कि सुनसरी रोकाया १ घण्टा १७ मिनेट २८ सेकेण्ड लगाएर तेस्रो स्थान पक्का गरिन् । ट्रेल रनमा प्रथम,द्वितीय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई जनही क्रमशः ५० हजार,३० हजार,२० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको छ ।
रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले मात्रै भरिपूर्ण नभइ खेल पर्यटनका हिसाबले पनि अनुकुल भएको सन्देश फैलाइरहेको छ ।

त्यसैले कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल राराको पर्यटन प्रर्वधन संगै खेलाडी उत्पादनको लागि नेपाली सेनाले हरेक बर्ष रारामा रारा ट्रेल रनको आयोजना गर्ने गरेको नेपाली सेना हनुमानध्वज गुल्मका गुल्मपति खड्ग बहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस