logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • तीनवटा जलविद्युत कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

    तीनवटा जलविद्युत कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

    3.1K
    Shares

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ ।

    बोर्डले न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

    न्यादी हाइड्रोपावरलाई आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशत ४० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

    साहस उर्जा लिमिटेडलाई बोर्डले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कानको लागि अनुमति र बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारण लागि गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend