२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन सुरु, ९५ किसानले पाए उन्नत जातको रानो

बिहिवार , बैशाख ३१, २०८३

चितवन । मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो ।

कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिलेसम्म ९५ किसानलाई ५१२ रानो वितरण गरी सकिएको छ । यसमध्ये १३९ रानो कार्यालयमा उत्पादन गरिएको हो भने ३७३ रानो विभिन्न मौरी फार्मबाट ल्याइएको हो । हरेक वर्ष कार्यालयले किसानहरुलाई उन्नत जातको रानो उत्पादन गरेर वितरण गर्दै आएको छ । सोहीअनुसार यसवर्ष वितरण गरिएको उनले बताए । 

उनले भने, “उन्नत जातको रानोको प्रयोगले मह उत्पादनमा वृद्धि हुने गर्दछ ।” उन्नत जातको मौरीको रानो प्रयोग गर्दा नश्ल सुधार भई मह उत्पादनमा वृद्धि हुने उनले बताए । विभिन्न कारणले रानो बुढो हुने,  मर्ने, रोगी हुने, काम गर्ने क्षमता कमी भएर घार धान्न नसक्ने गर्दछ । सामान्य तय रानोको आयु तीनदेखि पाँच वर्ष भनिए पनि यहाँका किसानहरुले हरेक वर्ष रानो प्रतिस्थापन गर्ने गरेको उनले बताए ।

यससँगै ‘ग्राफ्टिङ’ प्रविधिबाट उन्नत जातको रानो उत्पादनसम्बन्धी तालिमसमेत दिँदै आएको उनले जानकारी दिए । अहिले जिल्लाका १६ किसानलाई रानो उत्पादनसम्बन्धी तालिम दिइ रहेको छ । किसानलाई रानो उत्पादनसम्बन्धी तालिम दिएपछि आफ्नै घरमा यो प्रविधिको प्रयोग गरेर उन्नत जातको रानो उत्पादन गर्न सक्ने भएकाले मह उत्पादनमा वृद्धि हुने उनले बताए ।

यसवर्ष कृतिम प्रविधिबाट मौरीका १० रानो उत्पादन गरिएको छ । यस प्रविधिबाट उत्पादन गरिएका रानोमध्ये चार मात्रै बाँच्न सफल भएको उनले बताए । उनका अनुसार यसवर्ष सो प्रविधिबाट उत्पादित रानोमध्ये १० बचाउन सक्ने गरी उत्पादन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ