२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इन्टरनेट बजारमा क्लासिक टेकको छलाङः एकै महिनामा थपिए ३५ सय नयाँ ग्राहक

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये क्लासिक टेकप्रति ग्राहकहरूको आकर्षण बढेको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फागुन र चैत मा नयाँ ग्राहक थप्ने दरमा क्लासिक टेक अगाडि देखिएको हो ।

तथ्यांकअनुसार फागुन महिनामा क्लासिक टेकका कुल ग्राहक संख्या २ लाख ७९ हजार ८४८ रहेकोमा चैतमा बढेर २ लाख ८३ हजार ३७१ पुगेको छ । यस अवधिमा कम्पनीले ३ हजार ५२३ नयाँ ग्राहक थप्न सफल भएको छ ।

सोही अवधिमा वर्ल्डलिंकले ५ हजार ३२५, भायानेटले २ हजार ८७७, नेपाल टेलिकमले १ हजार ७१२, सुबिसुले २ हजार १२५ तथा सिजी नेटले १ हजार १९९ नयाँ ग्राहक थपेका छन् । डिशहोम फाइबरनेटका ग्राहक संख्या भने ४ हजार ९८० ले घटेको तथ्यांकमा उल्लेख छ ।

कम्पनीका अनुसार सहुलियत मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा, अत्याधुनिक वाइफाइ–६ राउटर तथा साना देखि ठूला सबै प्याकेजमा आधुनिक प्रविधि उपलब्ध गराइएकाले ग्राहकको आकर्षण बढेको हो । क्लासिक टेकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेजमा समेत वाइफाइ–६ राउटर उपलब्ध गराउँदै आएको जनाएको छ ।

वर्षायाममा फाइबर लाइन क्षति, मौसमजन्य समस्या तथा प्राविधिक चुनौतीका बाबजुद पनि कम्पनीले सेवा विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेको जनाएको छ । सेवा सुधारका लागि कम्पनीले ग्राहक समर्थन तथा टेक्निकल फिल्ड सपोर्ट अभियानसमेत सञ्चालन गरेको बताएको छ ।

घरायसी सेवासम्बन्धी सहयोगका लागि ग्राहकले ९८०२९२२३०४ र कर्पोरेट सपोर्टका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, मोबाइल एपमार्फत पनि सेवा सम्बन्धी टिकट दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ