२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काभ्रेमा अविरल वर्षाको वितण्डाः पनौती र बेथानचोकमा मात्रै ४६ करोडभन्दा बढीको कृषि बाली नष्ट

शनिवार , जेठ २, २०८३

काभ्रेपलाञ्चोक । गत वैशाख १२ र १३ गते परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकका दुई स्थानीय तहमा कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ। स्थानीय तहहरूले कृषि कार्यालयमा बुझाएको विवरणअनुसार पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा गरी करिब ४६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

बेथानचोक गाउँपालिका मा विभिन्न वडाका हजारौँ रोपनी जमिनमा लगाइएको कृषि बालीमा क्षति पुगेको छ। गाउँपालिकाका अनुसार आलु, तोरी, केराउ, मकै, सुन्तला, कागती, बोधिचित्तलगायत बाली नष्ट भएका छन्। तरकारी तथा फलफूलका बिरुवासमेत क्षति भएको जनाइएको छ। गाउँपालिकाले करिब ६५ लाख रुपैयाँ बराबरको उत्पादन नष्ट भएको अनुमान गरेको छ।

त्यस्तै पनौती नगरपालिका मा मात्रै करिब ४६ करोड रुपैयाँ बराबरको कृषिबालीमा क्षति पुगेको दाबी गरिएको छ। नगरपालिकाका अनुसार ७५० हेक्टर क्षेत्रफलमा लगाइएको आलु बालीमा आंशिक तथा पूर्ण क्षति पुगेको छ। साथै गोलभेँडा, काक्रा र टनेल खेतीमा समेत ठूलो नोक्सानी भएको जनाइएको छ।

यसैबीच धुलिखेल नगरपालिका का केही वडामा भएको क्षतिको विवरण अझै सङ्कलन भइरहेको कृषि कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख कुलप्रसाद दवाडीका अनुसार प्रभावित कृषकलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग समन्वय भइरहेको छ।

वर्षापछिको क्षतिको स्थलगत अवलोकनका लागि सांसद मधुकुमार चौलागाईं सहित जनप्रतिनिधि र कृषि प्राविधिकहरूको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले वास्तविक क्षतिको विवरण संकलन गरी पीडित कृषकलाई राहत उपलब्ध गराउन पहल गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ