काठमाडौं । सरोकारवालाहरुले स्वास्थ्य बीमाका क्षेत्रमा हुने दुरुपयोग रोक्न सके मात्रै सबल, प्रभावकारी र जनमुखी हुने धारणा राखेका छन् ।
रास्वपा संसदीय दलको समन्वयमा स्वास्थ्य तथा जनसंख्या बिभागले शनिबार सिंहदरबारमा आयोजना गरेको स्वास्थ्य बीमा सवलीकरणको मार्गचित्र नीति–मन्थन कार्यक्रममा उनीहरुले स्वास्थ्य बीमाका बिभिन्न पाटोमा दुरुपयोग भएको देखिएको भन्दै दुरुपयोग रोक्न सके मात्रै सबल, प्रभावकारी र जनमुखी हुने धारणा राखेका हुन् ।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव केदार बहादुर अधिकारीले स्वास्थ्य बीमाको व्यवस्थापन पक्षलाई सवल बनाउनुपर्नेमा जोड दिए । सवैलाई अनिवार्य स्वास्थ्य बीमामा लैजादा त्यसको सम्पूर्ण खर्चको अध्ययन गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले स्रोतको सुनिश्चितता गर्ने प्रतिवद्धता नजनाएसम्म प्रभाबकारी कार्यान्वयन कठिन नै देखिएको धारणा राखे ।
त्यस्तै प्रतिनिधिसभा सांसद महाविर पुनले स्वास्थ्य बीमाका क्षेत्रमा हुने दुरुपयोग रोक्नका लागि सवै गम्भीर हुनुपर्ने बताए । दुरुपयोग रोक्न समेमात्रै स्वास्थ्य बीमामा खर्च हुने धेरै रकम बचत हुने उनको भनाइ छ ।
कार्यक्रममा अर्थविद्, कानुनविद्, स्वास्थ्यविद्हरु तथा सांसदहरुसंग स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने बिषयमा राय सुझाव लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस