२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एसियन गेम्स र एसीसी महिला प्रिमियर कपको लागि महिला टोलीको बिदाइ

आइतवार , जेठ ३, २०८३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ।

एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको बिदाइ गरेको हो। 

टोलीमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतो छन्। यसै गरी टोलीमा सीता रानामगर, सोनी पाख्रिन, सीमा केसी, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री छन् । 

वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउदलाई राखिएको छ। विदाइ कार्यक्रममा बोल्दै कप्तान ईन्दु वर्माले तयारी राम्रो भएका कारण रामै्र परिणाम लिएर फर्कने बताइन् ।

त्यस्तै प्रशिक्षक हर्षल पाठकले टिमले धेरै मिहनेतका गरेका कारण राम्रो प्रदर्शन गर्नेमा आफु विश्वस्त रहेको बताए । 

एसियन गेम्स क्वालिफायर यही मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सम्म मलेसियामा हुनेछ।  एसियन गेम्सका लागि ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पहिल्यै छनोट भइसकेका छन् भने बाँकी ४ टोली छनोट हुन बाँकी छ । यसैको लागि नेपालले छनोट प्रतियोगिता खेल्न लागेको हो। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ