२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

आइतवार , जेठ ३, २०८३

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो ।

त्यसको मूल्य रु नौ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० बराबर छ । अनुमति प्राप्त गरेका कूल कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनाका मात्रै छन् । नेपाल स्टक एक्सचेञ्जमा १०३ जलविद्युत् कम्पनी शेयरमा सूचीकृत भई कारोबार भइरहेका छन् ।

बोर्डबाट अनुमति पाउने र अनुमतिको प्रतिक्षामा रहेका कम्पनीमा पनि जलविद्युत्का बढी छन् । अनुमति पाएका कम्पनीमा सात वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन् । विकास बैंक र होटल एवं पर्यटन क्षेत्रका एक/एक कम्पनी छन् ।

बोर्डमा कुल ९८ वटा कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन् । त्यसमा होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्का ३२, लगानीका पाँच कम्पनी छन् । यस्तै, उत्पादन तथा प्रशोधनका २६, माइक्रो इन्स्योरेन्सका तीन, अन्य समूहका १४ कम्पनी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ