logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्री माेदीले लेखे– छिमेकी मुलुकसँग गर्ने व्यवहार असल हुनुपर्छ 

    भारतीय प्रधानमन्त्री माेदीले लेखे– छिमेकी मुलुकसँग गर्ने व्यवहार असल हुनुपर्छ 

    5K
    Shares

    काठमाडाैं । महाकाली नदी तर्दै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटेर नेपाली युवक बेपत्ता भएकाे खबर नेपाली सञ्चारमाध्यममा आइरहेका बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीबीचको सम्बन्ध र व्यवहार असल हुनुपर्ने बताएका छन् । 

    उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत छिमेकी मुलुकहरूसँग गर्ने व्यवहार असल हुनुपर्ने बताएका हुन् ।

    ट्वीटरमा उनले लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौँ । जब, कुनै आपत आउँछ, विपत आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend