२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

खल्तीद्वारा आईएमई रेमिट प्रेजेन्ट्स ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ को घोषणा, डिजिटल क्रिएटरका लागि देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च

सोमवार , जेठ ४, २०८३

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्डको घोषणा गरेको छ । अवार्ड मार्फत डिजिटल सामग्री उत्पादक (कन्टेन्ट क्रिएटर) हरूमा समर्पित देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च औपचारिक रूपमा सुरु भएको छ भने साउन १६, २०८३ मा क्यान्ड फिनाले सम्पन्न हुनेछ ।

यो अवार्डले नेपालको क्रिएटर इकोनोमीलाई संस्थागत गर्न सहयोग पुग्नेछ । यसमा दुई सयभन्दा बढी प्रभावशाली व्यक्तित्वहरूलाई राष्ट्रिय पहिचान, ब्रान्ड साझेदारीका अवसर र नयाँ प्रतिभाहरूको प्रवर्द्धनका लागि मञ्च प्रदान गरिनेछ । यो अवार्ड खल्तीको तर्फबाट नेपालको उदयमान क्रिएटर इकोनोमीलाई संस्थागत रूप दिने प्रयास हो भने यसले सिर्जनशीलता, मौलिकता र डिजिटल उत्कृष्टतालाई एक गम्भीर राष्ट्रिय कलाका रूपमा मान्यता दिनेछ ।

खल्ती इन्फ्लुएन्सर अवार्डका तीन मुख्य विशेषताहरू छन् । जसले यसलाई परम्परागत इन्फ्लुएन्सर अभियानहरूभन्दा फरक बनाएको छ ।

स्थापित क्रिएटरहरूको सम्मानः लामो समयदेखि योगदान दिँदै आएका नेपालका अग्रणी डिजिटल क्रिएटरहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने ।

उदयमान प्रतिभाहरूका लागि मञ्चः साना तर वास्तविक प्रतिभा भएका क्रिएटरहरूलाई पनि स्थापित नामहरूकै बराबर अवसर सुनिश्चित गर्ने ।

सामाजिक सन्देशः क्रिएटरहरूको सांस्कृतिक प्रभावलाई नेपाली समाजका लागि अर्थपूर्ण योगदान दिशामा परिचालन गर्ने ।

यो अवार्डलाई सहयोग गरेर आईएमईले मनोरञ्जन क्षेत्रमा मात्र होइन, नेपालको सिर्जनात्मक पूर्वाधार र विश्वव्यापी नेपालीहरूलाई जोड्ने विभिन्न सांस्कृतिक क्षेत्रहरूमा लगानी गरिरहेको छ ।

अवार्डका चार चरण

दर्ता प्रक्रिया (वैशाख १ असार १, २०८३) : इच्छुक क्रिएटरहरूले खल्ती एपमार्फत आफ्नो आवेदन निःशुल्क दर्ता गर्न सक्नेछन् । मनोरञ्जन, जीवनशैली, खाना, खेलकुद, प्रविधि, यात्रा, फिटनेस र स्वास्थ्य, फेसन र सौन्दर्य, शिक्षा र वित्त, तथा खेलकुद लगायतका विविध श्रेणीहरूमा सहभागिता खुला छ । 

छनोट र मूल्याड्कन (असार १ असार १०, २०८३) : विशेष जुरी टोलीले प्राप्त आवेदनहरूको मूल्याड्कन गरी असार १० गते शीर्ष १०० क्रिएटरहरूको घोषणा गर्नेछ ।

भोटिङ र कन्टेन्ट च्यालेन्ज (असार ११ साउन १६, २०८३ ) : छनोट भएका क्रिएटरहरूले आफ्नो सिर्जनशीलता प्रदर्शन गर्न मौलिक सामग्री तयार गर्नेछन् । यस चरणमा खल्ती एपमार्फत सार्वजनिक भोटिङ खुला हुनेछ जसमा क्रिएटरको योग्यता, जुरी मूल्याड्कन र दर्शक सहभागिता तीनै पक्षलाई न्यायोचित रूपमा भार दिइने सुनिश्चित गरिनेछ ।

ग्र्यान्ड फिनाले (साउन १६, २०८३ ) : काठमाडौँमा आयोजना हुने भव्य समापन समारोहमा सबै श्रेणीका विजेताहरूको घोषणा र सम्मान गरिनेछ ।

जुरी टोली

मिडिया, कला र डिजिटल संस्कृति लगायत विविध क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सम्मिलित विशेष जुरी टोलीले अवार्डको मूल्याड्कन गर्नेछ ।

पुरस्कार र अवसरहरू

विजेता र छनोटमा परेका क्रिएटरहरूले दीर्घकालीन विकासका लागि डिजाइन गरिएका विभिन्न प्राप्त गर्नेछन् जसमा राष्ट्रिय पहिचान, मेन्टरशिप, नेपालका अग्रणी ब्रान्डहरूसँग विशेष ब्रान्ड साझेदारीका अवसरहरू र खल्तीको इकोसिस्टममार्फत निरन्तर प्रवर्द्धन समावेश छन् । यो पहलको लक्ष्य एकपटकको पुरस्कार होइन क्रिएटरहरूले आफ्नो कलालाई व्यावसायिक रूप दिन सक्ने दिगो मार्गहरू निर्माण गर्नु पनि हो ।

यस अवसरमा बोल्दै आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भन्नुभयोस् ूइन्फ्लुएन्स अब केवल पहुँचको कुरा होइन यो एक जिम्मेवारी हो । नेपालभरि एउटा स्मार्टफोन र एउटा कथा बोकेका युवा क्रिएटरहरूले हाम्रो समाजले कसरी सोच्ने, सिक्ने र जोडिने भन्ने कुरालाई आकार दिइरहेका छन् । उनीहरू हाम्रा नयाँ सांस्कृतिक आवाजहरू हुन् । खल्ती इन्फ्लुएन्सर अवार्डमार्फत हामीले कुनै प्रतिस्पर्धा सञ्चालन गरिरहेका छैनौं । हामीले नेपालको पहिलो त्यस्तो राष्ट्रिय मञ्च निर्माण गरिरहेका 

छौं जसले आफ्नो आवाजलाई अर्थपूर्ण रूपमा प्रयोग गर्ने क्रिएटरहरूलाई सम्मान गर्दछ । २०० फलोअर होऊन् वा २० लाख, उनीहरूले सबैभन्दा ठूला नामहरूले पाउने मञ्च नै पाउनुपर्छ ।

कसरी सहभागी हुने ?

क्रिएटरहरूले खल्ती एपमार्फत प्रत्यक्ष रूपमा दर्ता गर्न सक्नेछन् । कार्यक्रमको पूर्ण विवरण, श्रेणी
विवरण र समयरेखा अद्यावधिकका लागि खल्तीको आधिकारिक इभेन्ट पेजमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ