logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • चीनमा पनि फैलिँदै  ‘डेल्टा भेरिएन्ट’, थप ५५ व्यक्तिमा सङ्क्रमण पुष्टि

    चीनमा पनि फैलिँदै  ‘डेल्टा भेरिएन्ट’, थप ५५ व्यक्तिमा सङ्क्रमण पुष्टि

    5.9K
    Shares

    बेइजिङ/एएनआई । चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । 
    चीनमा पछिल्ला दिनहरूमा विश्वका अन्य मुलुकमा जस्तै कोभिड–१९ को नयाँ प्रकार ‘डेल्टा भेरिएन्ट’ बाट सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि भइरहेको पाइएको छ । 

    थप सङ्क्रमितमध्ये ३० व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने अन्य विदेशबाट आएका यात्रुमा भेटिएको हो । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा छ, चोङकिङमा दुई र लियोनिङ, फुजियान र सिचुआनमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय सञ्चार माध्यम ‘चाइना डेली’ले जनाएको छ । 

    चिनियाँ अधिकारीहरूले २५ सङ्क्रमित विदेशबाट आउने व्यक्तिमा भेटिएको जनाएका छन् । यसमध्ये नौ युनानमा, आठ शाङ्घाईमा, तीन तियानजिनमा, झेजियाङ र फुजियानमा चार र एउटा ग्वाङ्गडोङमा सङ्क्रमित रहेका छन् । 

    ग्लोबल टाइम्सका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङको विमानस्थलबाट कोभिड–१९ सङ्क्रमितका बिरामीहरू भेटिएका थिए । नानजिङमा जुलाई २० मा पहिलो सङ्क्रमित भेटिएपछि अहिलेसम्म १८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend