काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले अमेरिकालाई १७० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ४३.३ ओभरमा १६९ रनमा अलआउट भएको हो ।
स्कटल्याण्डका मार्क वाटले सर्वाधिक ६६ रन जोडे । ब्रेन्डन म्याकमुलेनले ३२ तथा म्याथ्यु क्रसले २० रन जोडे । जर्ज मुन्सीले १९ रन बनाए ।
बलिङमा अमेरिकाका रुशील उगारकरले चार विकेट लिए । त्यस्तै, सौरभ नेत्रवाल्करले तीन, शुभम रन्जानेले दुई र हरमित सिंहले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस