२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेप्से परिसूचकमा ३० अङ्कको वृद्धि, तीन अर्ब ८२ करोडको खरिद बिक्री

बुधवार , जेठ ६, २०८३

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ ।

यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६८ अङ्कले उकालो लागेर ४७१ दशमलव शून्य छ मा पुगेको छ । कूल ३४६ कम्पनीको एक करोड छ लाख ६१ हजार ४७६ कित्ता शेयर रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो । कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ ।

यस्तै, आँखु खोला हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । यस्तै, अप्पर लोहोरे खोला हाइड्रोपावर, माउण्टेन हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र सिटी होटलका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एसबिएल डिवेञ्चर, प्राइम डिवेञ्चर, बोटलर्स नेपाल बालाजु र नेपाल एसबिआई बैंक डिवेञ्चरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कारोबार भएकामध्ये कूल २४८ कम्पनीको शेयर मूल्य बढ्दा, २१ कम्पनीको भने घटेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ