काठमाडौं । नेपालमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला स्कटल्याण्ड अमेरिकासँग ६ विकेटले पराजित भएको छ ।
आज टियु मैदानमा सम्पन्न भएको आफ्नो अन्तिम खेलमा स्कटल्याण्ड अमेरिकासँग पराजित भएको हो । स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । जितसँगै अमेरिका ३८ अंकका साथ शीर्ष स्थान पुगेको छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ ।
अमेरिकाका लागि ओपनर स्मित पटेल र शाहन जाहाँगिरले समान सर्वाधिक ३७ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४३.३ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल बनाएको थियो । स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक ६६ रन बनाए । वाटले ८५ बलना ४ चौका र ३ छक्का प्रहार गरे । म्याथ्यु क्रसले ५४ बलमा २० रन जोड्दै पवेलियन फर्किएका थिए ।
अमेरिकाका रुशिल उगारकरले ४ विकेट लिए । त्यस्तै, सौरभ नेत्रभाल्करले ३ र शुभम रञ्जनेले २ विकेट लिए ।
नेपालले शृङ्खलाको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस