logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • बालबालिकालाई महामारीबाट जोगाउन सुझाव, यस्ता छन् लक्षण

    बालबालिकालाई महामारीबाट जोगाउन सुझाव, यस्ता छन् लक्षण

    4.1K
    Shares

    काठमाडौं । बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु-याउन सक्ने विज्ञको चेतावनी छ । कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी समस्यामा पार्न सक्छ भन्ने आइरहँदा बालबालिकालाई महामारीबाट जोगाउन सबैले ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । यो समाचार आजको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ । 

    कोरोना भारसविरुद्ध कुनै पनि मुलुकमा बालबालिकालाई खोप लगाइएको छैन । बालबालिकामा कोरोना सङ्क्रमण हुन थाल्यो भने सङ्क्रमण दर कति चाँडो बढ्छ र त्यसले कति क्षति पु(याउन सक्छ भन्ने अनुमान गर्न कठिन भइरहेको छ ।

    धुलिखेल अस्पतालका नर्स मनिता कर्माचार्यकी छ वर्षीया छोरीलाई कोरोना सङ्क्रमण भएपछि निकै गाह्रो भयो । उनले भनिन्, ‘’साना बालबालिकालाई कोरोनाले गाह्रो हुँदैन भन्ने मेरो पनि सोचाइ थियो । तर, मेरो सोचाइ गलत रहेछ । भोगेपछि थाहा भयो । छोरीलाई बचाउन धेरै कठिन भयो ।’

    कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार बालबालिकालाई कोरोनाबाट बचाउन अभिभावकले बढी सावधानी अपनाउनुपर्छ । उनका अनुसार कोरोना सङ्क्रमणले बालबालिकामा सुरुमै सामान्य रुघा तथा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षणसँगै श्वासप्रश्वासमा समस्या देखिनेछ । अहिले फ्लु र श्वासप्रश्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको जानकारी दिँदै उहाँले अरुचि, पेट दुख्ने, पखाला चल्ने, बान्ता आउने, जिउ दुख्ने, शरीरमा डाबर देखिने बताए ।

    सङ्क्रमित बालबालिकाको अवस्था सामान्य, जटिल वा गम्भीर भनेर छुट्याउनुपर्ने सुझाव दिँदै डा। बिच्छाले थपे, ‘सामान्य अवस्थामा सङ्क्रमित बालबालिकालाई फ्लु र पाचन प्रणालीको समस्या देखिन सक्छ । तर ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा वा पेट दुख्दैमा, पखाला चल्दैमा आत्तिनुपर्दैन । सिटामोल र झोलिलो पदार्थ खुवाएर बच्चालाई घरमै सुरक्षित राख्न सकिन्छ ।

    यसैगरी श्वासप्रश्वासमा समस्या देखिन थाल्ने, अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम हुने वा बच्चा सुस्त बन्दै जाने, आँखा भित्र गढ्ने, पानी नपिउने, पिसाब नफेर्नेजस्ता समस्या भएमा अस्पताल लैजानुपर्ने उनको सुझाव छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend