२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विश्व स्वास्थ्य संगठनको प्रतिबद्धताः नेपालसँगको सहकार्य र सहयोगलाई थप बलियो बनाइने

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससबिच भेटवार्ता भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा भएको भेटमा नेपाल र डब्लुएचओबीचको सहकार्य, स्वास्थ्य क्षेत्रको सहयोग तथा आगामी साझेदारीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार भेटका क्रममा डा। टेड्रोसले विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताएका थिए ।

मन्त्री मेहताले महानिर्देशकसँगको भेट फलदायी भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको सुदृढीकरण, जनस्वास्थ्य सेवा विस्तार तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा सकारात्मक छलफल भएको बताए ।

विश्व स्वास्थ्य सभामा सहभागी हुन मन्त्री मेहता तीन सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै जेनेभा पुगेका हुन् । सभाकै क्रममा उनले भारत र चीनका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ