२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण जारी

शुक्रवार , जेठ ८, २०८३

जेरुसेलम, एएफपी । इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ ।

गत हप्ता इजरायली र लेबनानी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध–विरामको बाबजुद इजरायल र इरान समर्थित समूहले लेबनानको दक्षिणी क्षेत्रमा नियमित रूपमा गोलीबारी गर्दै आएका छन् ।

केही समय अघि, आइडिएफको निगरानीले दक्षिणी लेबनानमा इजरायली क्षेत्रबाट सयौँ मिटर टाढा हिँडिरहेका दुई सशस्त्र व्यक्तिहरू पहिचान गरेको इजरायली सेनाले टेलिग्राममा पोस्ट गरेको थियो ।

आईडीएफले उनीहरूको पहिचान र निरन्तर निगरानी गरे पछि, ती व्यक्तिहरूलाई हवाई आक्रमण गरी मारिएको पुष्टि गरेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले दक्षिणी टायर जिल्लामा इस्लामिक स्वास्थ्य समितिको साइटमा रात भर भएको आक्रमणमा चार जनाको मृत्यु भएको र दुई चिकित्सक घाइते भएको जनाएको छ ।

अप्रिल – १७ मा युद्धविराम सुरु भए देखि, इजरायलले दक्षिण लेबनानमा आक्रमणहरू गर्न, र निकासी आदेशहरू जारी गर्ने प्रक्रिया जारी राखेको छ, भने यसले हेजबुल्लाहलाई लक्षित गरि आक्रमण जारी राखेको बताएको छ ।

अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदलामा हेजबुल्लाहले मार्च –२ मा इजरायलमा रकेट प्रहार गरेको थियो । इजरायली सेनाले लेबनानको सिमानाको करिब १० किलोमिटर वरपरको क्षेत्रमा हवाई आक्रमण तथा स्थलगत आक्रमणको जवाफ दिएको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली आक्रमणले व्यापक क्षेत्रीय युद्ध सुरु भएदेखि कम्तिमा तीन हजार ८९ जनाको ज्यान गएको बताएको छ । इजरायली सेनाले लडाइँको क्रममा २२ जना सैनिकको मृत्यु भएको जनाएको छ ।

गत हप्ता वासिङ्टनमा लेबनानी र इजरायली प्रतिनिधिहरू बिच तेस्रो चरणको प्रत्यक्ष वार्ता पछि अस्थायी युद्धविराम ४५ दिनका लागि बढाइएको थियो, जसमा हिजबुल्लाहले कडा विरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ