logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • तीज गीतमा सुपरस्टार भुवन केसीको छमछमी !

    तीज गीतमा सुपरस्टार भुवन केसीको छमछमी !

    5K
    Shares

    काठमाडौं । कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र सुनसान छ । फिल्मी उद्योग अन्योलमा हुँदा कलाकारहरु वैकल्पिक बाटो तर्फ लाग्न थालेका छन् भने कतिपय कलाकार म्युजिक भिडियोमा रमाउन थालेका छन् । 

    हिट चलचित्र निर्माण समेत गरेका सुपरस्टार भुवन केसी समेत म्युजिक भिडियोमा रमाउन थालेका छन् । भुवन केसी पछिल्लो समय तीज गीतमा छमछमी नाचेका छन् । सम्राट चौलागाईँको ‘सम्झिने पानी छम्किने’ बोलको तीज गीतमा अभिनेता भुवन केसीले छमछमी नाचेका हुन् । 

    गायक चौलागाईँले यस अघिनै हिट भएको आफ्नै गीत ‘सम्झिने पानी छम्किने’ लाई तीज भर्सनमा निकालेका हुन् । सो गीतको म्युजिक भिडियोमा भुवन केसीसँगै दीपाश्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, गीता ढुङ्गाना लगायतको अभिनय रहेको छ । भिडियोलाई विक्रम स्वरले निर्देशन गरको छन् । गायक चौलागाईँकै अफिसियल युट्युब च्यानलमार्फत शनिबार गीत सार्वजनिक गरिएको छ । 

    सो गीतमा सम्राट चौलागाईँ लगायत रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङले आवाज दिएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend