२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण हजारौँ विस्तापित

शनिवार , जेठ ९, २०८३

लस एन्जलस (अमेरिका), एएफपी । अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थाले पछि दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको जनाइएको छ ।

ट्याङ्कीमा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट जनाइएको छ । जुन प्लास्टिक बनाउन प्रयोग हुने अस्थिर र ज्वलनशील तरल पदार्थ हो । अग्निन नियन्त्रकहरूले स्थिति गम्भीर रहेको चेतावनी दिएका थिए ।

ट्याङ्कीमा निरन्तर चुवावट भएमा त्यस क्षेत्रको पार्किङ स्थलमा उक्त खराब रसायनहरू छरिने वा उड्ने सम्भावना रहेको हुँदा यसले वरपरका ईन्धन वा रसायनहरू भएका ट्याङ्कीहरूलाई असर गर्ने जनाइएको छ । लस एन्जलसको दक्षिणपूर्वमा रहेको ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ क्षेत्रमा यो घटना भएको हो ।

गार्डेन ग्रोभ प्रहरी प्रमुख अमिर एल–फर्राले निकासी आदेश जारी गरी करिब ४० हजार मानिस प्रभावित भएको र हजारौंले आफ्नो घर छोड्न अस्वीकार गरेको बताएका छन् । स्थानीय टिभीले खिचेको हवाई फुटेजमा ट्याङ्कीमा पानी छर्किरहेको देखाइएको छ, भने ट्याङ्की चिसो पार्ने प्रयास सफल भएको बताइएको छ । हाल ६१ डिग्रीको तापक्रममा झरेको छ भने ५० डिग्रीमा झरे पछि यसको अवस्था सहज भएको मानिने छ त्यसैले हाल सम्मका प्रयासहरू सफल भइरहेको जनाइएको छ ।

स्वास्थ्य अधिकारी रेजिना चिन्सियो क्वाङले ट्याङ्की वरपरको प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाइ रहेको बताएकी छन् । उनले विस्पोट र गन्ध थाहा पाउने जो कोहीलाई पनि सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन अपील गरेकी छन् ।

शुक्रबार सम्म कोहि प्रभावित तथगा घाइते भएको रिपोर्ट गरिएको छैन भने चुहावटको कारण पनि अनुमान गर्न नसकिएको जानाइएको छ । रासायनिक फैलावटको लागि आवाश्यक पूर्व तयारी गरिरहेको बताइएको छ ।

हावा र समुद्रमा समाहित हुने नदीहरूमा पुग्नबाट कुनै पनि छरिएको सामग्रीलाई रोक्न रोकथाम अवरोधहरू कायम राख्ने काम गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी वातावरणीय संरक्षण एजेन्सीले मिथाइल मेथाक्रिलेटले मानिसमा छाला, आँखा र झिल्लीमा जलन गरिरहेको बताएको छ । यसले मानिसहरुमा अल्पकालीन र दीर्घकालीन प्रभाव पछि श्वासप्रश्वासका प्रभावहरू रिपोर्ट गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ