२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अमेरिका–इरान युद्ध अन्त्यको समझदारी अन्तिम चरणमा, होर्मुज स्ट्रेट खुलाइने ट्रम्पको दाबी

आइतवार , जेठ १०, २०८३

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्यका लागि समझदारी पत्र अन्तिम चरणमा पुगेको बताएका छन् ।

मध्यपूर्वका विभिन्न देशका नेताहरूसँग टेलिफोन संवादपछि ट्रम्पले सम्झौताका अन्तिम विवरणमाथि छलफल भइरहेको र छिट्टै घोषणा गरिने बताएका हुन् ।

सम्भावित सम्झौतामा होर्मुज स्ट्रेट खोल्ने विषय पनि समावेश रहेको जनाइएको छ । ट्रम्पले शनिबार कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेतासँग संवाद गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि उनले छुट्टै कुराकानी गरेका थिए ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित सम्झौतामा इरानले उच्च संवर्धित युरेनियमको भण्डार त्याग्ने प्रतिबद्धता जनाएको छ । तर इरानी अधिकारीहरूले भने आणविक कार्यक्रमबारे छुट्टै वार्ता हुने बताएका छन् ।

इरानले सम्झौतापछि युद्ध रोक्ने, होर्मुज स्ट्रेट खोल्ने, अमेरिकी नाकाबन्दी हटाउने र विदेशमा रोक्का गरिएको सम्पत्ति फुकुवा हुने दाबी गरेको छ ।

यसैबीच, अमेरिकाभित्रै सम्भावित सम्झौताविरुद्ध विरोध सुरु भएको छ । रिपब्लिकन सिनेटर टेड क्रुजले सम्झौताले इरानलाई आणविक क्षमता विस्तार गर्न दिने खतरा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ