logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • गहिरो प्रेममा माधव-प्रचण्ड

    गहिरो प्रेममा माधव-प्रचण्ड

    3.6K
    Shares

    काठमाडौं । नेपालको राजनीतिमा नेताको प्रेम र डिभोर्स नयाँ होइन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको प्रेमबारे अहिले राजनीतिक वृत्तमा चर्चा छ । यो प्रेम सम्बन्ध ओलीले दोस्रो पटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि अझ गहिरो बनेको छ । 

    ओलीको संविधान विरोधी कार्यको विरोध गर्न पुसको चिसोमा सडकमा कुम जोडेरै बसे । प्रचण्ड र माधव ‘हामी यहाँ छौं’ भन्ने प्लेकार्ड छातिमा टाँसेर सडकमा बसेपछि ओलीले उनीहरुको प्रेममाथि थुप्रै टिप्पणी गरे । तर, जतिसुकै आलोचना र छेडछाड भए पनि प्रचण्ड र नेपालको प्रेम सम्बन्ध अझ प्रगाढ बन्दै गएको देखिन्छ । 

    दुई नेताले निरन्तर संसद पुर्नस्थापनाको माग गरिरहे । सर्वोच्च अदालतले फागुन २३ गते संसद पुर्नस्थापना गरेपछि प्रेममा सफलता मिलेको भन्दै माधव र प्रचण्डले लड्डु खाए । प्रचण्ड र माधव लड्डुमा रमाउँदै गर्दा ओलीले फेरि दोस्रो पटक संसद् विघटन गरे । 

    ओलीविरुद्ध सडक संघर्षदेखि सत्ताको सपना देखेका माधव र प्रचण्डले आन्दोलनको स्वरुप परिवर्तन गर्दै गठबन्धन नै बनाए । संविधानमाथि प्रहार गर्ने ओलीको अहमता तोड्न माधव नेपालले आफ्ना समूहका सांसदलाई ओलीलाई विश्वासको मत नदिने निर्णय गरे । ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर कांग्रेस समापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराए । यो सबै घटनाक्रको एउटै शुत्र प्रचण्ड र नेपालको प्रेम नै हो ।

    Madhav-Prachanda.jpg

    ओलीको शैलीबाट आजित भएका वरिष्ठ नेता नेपालले अब ओलीलाई पत्याउन छाडेका छन् । पार्टीभित्र एकताको प्रयास भइरहे पनि उनले त्यसलाई पूर्ण रुपमा अस्वीकार गर्दै आएका  छन् । प्रधानमन्त्रीको कुर्सीमा कांग्रेस सभापति देउवा बसे पनि सरकारका हरेक काममा माधव नेपालसँग सल्लाह हुने गरेको छ । सरकारमा सहभागी नभए पनि माधव नेपाल सरकार सञ्चालनको मेरुदण्ड नै बनेका छन् । 

    प्रचण्डले माधव नेपालसँगको प्रेमको सार्थकता देखाउँदैसमेत आएका छन् । कर्णाली सरकार जोगाउन उनीहरुको प्रेमले सफलता पाएको थियो । देउवा प्रधानमन्त्री बन्नु पनि प्रचण्ड र नेपालको प्रेमकै सफलता हो । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्नुमासमेत प्रचण्ड र माधवको प्रेमको प्रभाव देखिन्छ । यही प्रेमको प्रभावले लुम्बिनी प्रदेश सरकार संकटमा पर्दै गएको छ । 

    सरकारको छाया नेतृत्व बनेका नेपालको प्रधानमन्त्री देउवासँग भन्दा पनि खास प्रेम प्रचण्डसँग छ । त्यसैले त अहिले प्रचण्ड र माधवको भेट दैनिक हुन्छ । दैनिक एक आपसमा भेट्ने र आलोपालो एकअर्काको घरमा जाने प्रचण्ड–माधवको दैनिकी नै बनेको छ।

    purna1.JPG

    आइतबार मन्त्रिमण्डल विस्तार र मन्त्रालय भागवण्डाको टुंगो लगाउन भन्दै प्रचण्ड माधव निवास कोटेश्वर पुगे । प्रचण्ड माधव समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्नका लागि आइतबार कोटेश्वर गएका हुन्।

    नेपाल समूहको आनाकानीका कारण देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रचण्ड र नेपालको भेटमा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारसँगै सरकारका कामको विषयमा छलफल हुने गरेको छ । देउवा प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रचण्ड र नेपालबीचको भेटलाई पछिल्लो समय अर्थपूर्णरुपमा हेरिएको छ ।

    prachanda_madhav3.jpg
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend