logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कर्णालीमा डुंगा पल्टिदा तीनजना बेपत्ता : दुई घाइते 

    कर्णालीमा डुंगा पल्टिदा तीनजना बेपत्ता : दुई घाइते 

    2.3K
    Shares

    कैलाली । कर्णाली नदीमा आइतबार डुंगा पल्टिदा तीनजना बेपत्ता भएका छन्। 

    सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिको सीमामा रहेको कर्णाली नदी तर्नेक्रममा डुंगा पल्टिदा तीनजना बेपत्ता भएका हुन्। 

    डुंगा पल्टिदा दुईजना घाइते भएका छन्। कैलाली प्रहरीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका ३ बाट बच्चालाई खोप लगाउन सुर्खेत हिँडेका स्थानीय चढेको डुंगा पल्टिएको हो। 

    दुर्घटनामा कैलालीको मोहन्याल गाउँपालिका  ३ की २० वर्षीया उर्मिला मगर र उनका १० दिनका शिशु, सोही वडाकी पार्वती थापा बेपत्ता भएका हुन्। प्रहरी निरिक्षक पुस्करराज पन्तका अनुसार खोजी कार्य भइराखेको छ। 

    दुर्घटनामा कैलाली मोहन्याल गाउँपालिका ३ बस्ने १९ वर्षीया धनसरा सलामी मगर र उनका १ महिनाका छोरा कर्ण  घाइते छन्। आमाको अवस्था गम्भीर भएको र बालक सामान्य भएको प्रहरीले बताएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend