२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

सोमवार , जेठ ११, २०८३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अघिल्लो सरकारले गठन गरेको सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो ।

२०८२ माघ २ गते सुशीला कार्की नेतृत्वको सरकारले उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

त्यस्तै बैठकले आगामी आर्थिक बर्षका लागि मोटो धानको रु ३६६० प्रति क्विन्टल र मध्यम धानको रु ३८६० प्रति क्विन्टल न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल–चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए । 

उनले रास्वपा सभापति भारत जाने बिषय प्रधानमन्त्रीको भ्रमणसँग कुनै सम्बन्ध नरहेको बताए । 

गणतन्त्र दिवसमा प्रधानमन्त्री किन बोल्न चाहेनन् भन्ने प्रश्नमा प्रवक्ता पोखरेलले आवश्यकता अनुसार प्रधानमन्त्रीले गर्नुपर्ने ठाउँमा सम्बोधन गर्ने उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ