काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज (बिहीबार) मकाउको ग्यालेक्सी एरेनामा भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउण्डमा हराउँदै हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् ।
रविन्द्र रोड टु युएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् । उनको जितपछि प्रतियोगितास्थलमा ‘जय नेपाल’को नारा गुञ्जिएको थियो ।
रविन्द्रले ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका छन् । यस तौल समूहमा विजेता बने उनी युएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् ।
यो प्रतियोगिता एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई यूएफसीसम्म पुग्ने अवसर दिने महत्वपूर्ण प्लेटफर्म मानिन्छ ।
प्रतिक्रिया दिनुहोस