logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालगन्ज-पोखरा हवाई उडान सुरु 

    नेपालगन्ज-पोखरा हवाई उडान सुरु 

    3.2K
    Shares

    कठमाडौं। पर्यटन प्रर्वद्धन विकासका लागि बुद्ध एयरले साताको ३ दिन नेपालगन्ज पोखरा उडान सुरु गरेको छ। पश्चिम क्षेत्रको बाँके र बर्दियालाई र पोखरा लक्षित गरेर उडान सुरु गरेको हो। 

    बुद्ध एयरको उडान नं. ४६२ ले नेपालगन्जबाट पोखरा जाने यात्रुसहित उडान भरेको छ। नेपालगन्जका स्थानीयले वर्षौदेखि प्रतिक्षारत नेपालगन्ज-पोखरा उडान सुरु भएको हो। 

    पर्यटन प्रर्बद्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने यात्रुलाई भव्य स्वागत गरिएको छ। अबिर र गम्छासहित स्वागत गर्न पर्यटन प्रर्बद्धनमा सक्रिय रहेका नेपालगन्जका अगुवा एयरपोर्ट पुगेका थिए। पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको बुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिए।

    नेपालगञ्ज-पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ। यात्रुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुनसक्ने बुद्ध एयरले बताएको छ। भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज-पोखरा हवाई उडान सुरु गरिएको छ।

    यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो। पोखरादेखि नेपालगन्ज सजिलै र यो उडान अति नै अवश्यक रहेको यात्री गोविन्द झाले जानकारी दिए। 

    नेपालगञ्ज नजिक भारतको ठूलो सहर लखनउ पर्दछ। भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ। नेपालगन्ज पोखरा पहिलो उडान भर्न लागेका क्याप्टेन मनिस पुनले पोखराबाट ३४ मिनेटमा नेपालगन्ज आइपुगेको बताए। नेपालगन्जदेखि पोखराको उडान समय ३५ देखि ४० मिनेटको हुनसक्ने क्याप्टेन पुनको भनाइ छ।buddha-air11.jpg

    उडानको सुरुवात भएकोमा नेपालगञ्जका स्थानीय खुसी भएका छन्। विमानका पाइलटसहित कर्मचारीलाई स्वागत गरे बुद्ध एयरले उडानसँगै टुर प्याकेज समेत सार्वजनिक गरेको छ। 

    बुद्ध एयरले सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ राहतको योजना छ। योजना १० हजार ९ सय ९९ बाट सुरु हुन्छ। त्यस्तै नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना १३ हजार ४ सय ९९ बाट सुरु भएको छ।   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend