logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • म्यानमार : सेनाको जनरलले आफैलाई प्रधानमन्त्री घोषणा गरे

    म्यानमार : सेनाको जनरलले आफैलाई प्रधानमन्त्री घोषणा गरे

    2.9K
    Shares

    म्यानमारमा गत फेब्रुअरीमा ‘कू’ गरेको सेनाको जनरलले आफैलाई प्रधानमन्त्री घोषणा गरेका छन् ।

    जनरल मिन आङ व्हाइङले सन् २०२३ अगष्टसम्म अर्थात अझै दुई वर्ष आपत्काल बढाउन सक्ने बताएका हुन् । झण्डै एक घण्टा लामो भाषणमा जनरल आङले बहुदलीय चुनाव गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले सत्ताबाट हटाएको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीलाई आतंकवादी भएको दाबी गरे । यस्तै जेनेरल आङले एनएलडी समर्थकलाई उग्रवादीको संख्या दिएका छन् ।

    म्यानमारको सेनाले कू गरेर आङ सान सूचीको अगुवाइमा रहेको एनएलडी सरकारलाई सत्ताच्यूत गरेको थियो । सूची त्यतिबेला देखि नै सेनाको नियन्त्रणमा छिन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend