logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बागलुङ चौराहामा बस दुर्घटना, ११ घाइते

    बागलुङ चौराहामा बस दुर्घटना, ११ घाइते

    5K
    Shares

    बागलुङ । बागलुङको गल्कोट नगरपालिका–१ चौराहामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

    काठमार्डाैँबाट बागलुङको बुर्तिबाङ तर्फ जाँदै गरेको रात्री बस मध्यपहाडी लोकमार्गको चौराहमा दुर्घटना भएको हो । बा ५ ख १५५३ नम्बरको बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका छन् ।

    घाइते हुनेमा गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ कि तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानकारी दिए । 

    बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याउँदै गरिएको छ । बस चालक चित्र बहादुर खड्का प्रहरी नियन्त्रणमा छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend