२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आर्सनललाई हराउँदै पीएसजीले जित्यो लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि

आइतवार , जेठ १७, २०८३

काठमाडौं । फ्रान्सेली क्लब पीएसजीले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

हंगेरीको पुस्कास एरेनामा शनिबार राति भएको फाइनल खेल निर्धारित र अतिरिक्त समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

आर्सनलले खेलमा सुरुआती अग्रता लिए पनि पीएसजीले दोस्रो हाफमा बराबरी गोल फर्काउँदै खेलमा पुनरागमन गरेको थियो । त्यसपछि थप समयमा दुवै टोलीले गोल गर्न नसक्दा उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो ।

सुटआउटमा आर्सनलका ग्याब्रियलको निर्णायक प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि पीएसजीको जित पक्का भएको थियो ।

यो जितसँगै पीएसजी च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो क्लब बनेको छ । मुख्य प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा टोलीले पछिल्ला ६ वटै पेनाल्टी सुटआउट जित्दै प्रभावशाली कीर्तिमान पनि कायम राखेको छ ।

गत सिजन पहिलो पटक च्याम्पियन्स लिग जितेको पीएसजीले यसपटक पनि उपाधि जोगाउँदै युरोपेली क्लब फुटबलमा आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ । उता, लामो समयपछि फाइनल पुगेको आर्सनल भने ऐतिहासिक सफलता हासिल गर्ने अवसरबाट वञ्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ