२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चीनविरुद्ध नेपालको विस्फोटक ब्याटिङ, भुर्तेलको एकै ओभरमा ६ छक्कासहित कीर्तिमानी शतक

आइतवार , जेठ १७, २०८३

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनविरुद्ध विशाल ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल खडा गरेको हो । यो नेपाल क्रिकेट इतिहासकै दोस्रो उच्च टोली योगफल समेत बनेको छ । यसअघि नेपालले एसियन गेम्समै मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।

नेपालको इनिङ्समा कुशल भुर्तेलले अविश्वसनीय ब्याटिङ प्रदर्शन गर्दै मात्र ४३ बलमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले । उनले ५ चौका र १६ छक्का प्रहार गर्दै चिनियाँ बलरमाथि पूर्ण रूपमा दबाब बनाए ।

यस्तै, कुशल मल्लले ४७ बलमा ८५ रनको आक्रामक पारी खेले भने कप्तान रोहित पौडेल २१ बलमा ६९ रन बनाएर अविजित रहे ।

खेलको नवौं ओभरमा लगातार ६ छक्का प्रहार गर्दै भुर्तेलले नयाँ कीर्तिमान पनि बनाए । एकै ओभरमा ६ छक्का हान्ने उनी नेपालका दोस्रो तथा विश्व क्रिकेटका छैटौं खेलाडी बनेका छन् ।

चीनका लागि मा कुइनचेन र डेंग जिंकीले समान एक–एक विकेट लिए पनि नेपाली ब्याटरहरूको आक्रामक प्रदर्शन रोक्न सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ