२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मलेसियामा विविध कार्यक्रमसहित ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

आइतवार , जेठ १७, २०८३

काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव तथा अन्तरराष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले नेपालमा पर्वतारोहण पर्यटनको महत्त्वबारे प्रकाश पार्दै हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, पर्वतीय समुदायको जीविकोपार्जन र संस्कृतिको संरक्षणमा नेपालको प्रतिबद्धता दोहोर्याएका थिए।

उक्त दूतावासका अनुसार सन् १९९७ मे २३ मा सगरमाथा आरोहण गरेका मलेसियाका प्रारम्भिक आरोही डाटुक मोहानादास नागप्पनले आफ्नो अनुभव सुनाउँदै आठ हजार मिटरभन्दा माथिको आफ्नो आरोहणको अनुभवले जीवनप्रतिको दृष्टिकोण परिवर्तन गरेको बताए ।

सन् २०१४ मा चो–ओयु र २०१६ मा सगरमाथा आरोहण गरेका अजीम अफिफ इशाकले हिमाली क्षेत्रमा शेर्पा समुदायलगायत स्थानीय समुदायको योगदानबिना पर्वतारोहण सफल नहुने उल्लेख गरे । 

कार्यक्रममा महिलालाई लक्षित गर्दै साहसिक यात्रा र क्याम्पिङको प्रवद्र्धनमा काम गर्दै आएकी फजलीन नाजरिनले आफ्ना अनुभव प्रस्तुत गर्दै महिला सहभागिता बढाउन सुरक्षित वातावरण आवश्यक भएको बताए ।

त्यस अवसरमा कार्यवाहक राजदूत बज्राचार्यले मलेसियाका पहिलो सगरमाथा आरोही डाटुक मगेन्द्रन मुनिसामी र डाटुक मोहानादास नागप्पनलाई प्रमाणपत्रसहित सम्मान गरे ।

कार्यक्रममा मलेसियाली पर्वतारोही, कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, नेपालका मित्री तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ