२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

१० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात

आइतवार , जेठ १७, २०८३

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा रु २० अर्ब ५२ अर्ब राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १६ अर्ब ६४ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको १० महिनामा रु एक अर्ब २५ करोड बराबरका सवारीसाधनको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन भएको छ ।

यसैगरी, रु सात अर्ब ३२ करोड बराबरका मूल्य पर्ने ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयातबाट रु सात अर्ब नौ अर्ब राजस्व असुली भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ