logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • पूर्वमाओवादी नेताको रिटमाथि सुनुवाइ हुँदै

    पूर्वमाओवादी नेताको रिटमाथि सुनुवाइ हुँदै

    3.2K
    Shares

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले गरेको कारवाहीलाई नियम विपरित भएको भन्दै चार पूर्व माओवादी नेताले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको छ। 

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्वमाओवादी नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाइ तोकिएको हो। 

    उक्त रिट निवेदनमाथि यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो। दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षकै कानुन व्यवसायीको आग्रहमा सुनुवाइ स्थगित गरिएको थियो।

    माओवादी केन्द्रले आफूहरुको सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादीका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend