logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेकाे छ काराेबार ? 

    सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेकाे छ काराेबार ? 

    3.8K
    Shares

    काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    आइतबार तोला ९२ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुन साेमबार प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    साेमबार तेजाबी सुन भने ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    साेमबार चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend